कोशी प्रदेश सभा बैठक आह्वान

काठमाडौं— कोशी प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।
प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्ति भएसँगै प्रदेश सभा बैठक बोलाइएको हो । कार्कीले आइतबार पद तथा गोपनीयताको सपथ लिएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८० ११:३८