News Griha :: न्यूजगृह
एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गएराति चीन प्रस्थान गरेका हुन् ।

एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका अनुसार खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो बीआरएफ फोरमलाई सम्बोधन गर्नेछन् । 
चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।उनी अक्टोबर २२ मा स्वदेश फर्कने छन् । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०९:१५
Weather Update