अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै एनआरएनए अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकारशुक्रबार, कात्तिक ३, २०८०

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित शुक्रबार, कात्तिक ३, २०८० गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् । केसीले एक हजार ३७८ मत पाए ।

गाजामा सर्वसाधारणमाथि भएको आक्रमणको नेपालले गर्यो निन्दा बिहीबार, कात्तिक २, २०८० नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।

रास्वपा विकल्परहित पार्टी : उपाध्यक्ष अर्याल बिहीबार, कात्तिक २, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको भेलामा उनले देश विकास गर्ने पार्टी रास्वपा मात्र भएको भन्दै रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका हुन् ।

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने बिहीबार, कात्तिक २, २०८० केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । ‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो,’ अधिकारीले भने ।

रास्वपा विदेशीको इसारामा चल्दैन : सभापति लामिछाने बिहीबार, कात्तिक २, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विदेशीको इसारामा चलेको पार्टी भन्नेहरूलाई बहस गरेर आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपा नेपाली जनता बाहेक कसैको चन्दा, कसैको जुठो पिरो नखाने बाचा गरेर हिँडेको पार्टी भएको भन्दै विदेशीको इसारामा नचल्ने बताए ।

रास्वपा सभापति लामिछानेले भने— चाडबाडमा उपहार पठाउनु पर्दैन बिहीबार, कात्तिक २, २०८०
 (1)1691245674.jpg)
मानव अधिकार आयोगको विधेयकको मस्यौदा बनाउन मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति बिहीबार, कात्तिक २, २०८० रकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठक जारी बिहीबार, कात्तिक २, २०८० सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

तपाईँलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन : एमाले अध्यक्ष ओली बुधबार, कात्तिक १, २०८० नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा संयमता पूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले सदस्यता लिने बित्तिकै ठुलो पद प्राप्त गर्ने प्रयास गर्ने गरेको भन्दै उनले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे ।

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत बुधबार, कात्तिक १, २०८० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेश सभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९१ जना सहभागी थिए ।

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेद्वारा भर्त्सना बुधबार, कात्तिक १, २०८० बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति सार्वजनिक गर्दै सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौँको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कम हुने बताएका छन् ।

८ भाइले युद्ध जितेरै आएपछि गाला जोड्यौँ : उद्धव थापा बुधबार, कात्तिक १, २०८० नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरूसँग गला मिलाएको बताएका छन् । बुधबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन् ।