News Griha :: न्यूजगृह
मानव अधिकार आयोगको विधेयकको मस्यौदा बनाउन मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति

काठमाडौं— सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ  ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी यसैसाथ संलग्न मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ बिटुइन द गभर्मेन्ट अफ नेपाल एण्ड द गभर्मेन्ट अफ द अरब रिपब्लिक अफ इजिप्ट अन कोअपरेशन इन युथ एण्ड स्पोर्ट्स अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको बताइन् ।  

उनले नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेन्ट अफ नेपाल एण्ड द गभर्मेन्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेसन विषयक संलग्न समझदारी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन् । 

प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको सो क्रममा जानकारी दिइन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:४९
Weather Update