News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई भेट्नका लागि एमाले अध्यक्ष ओली शुक्रबार दिउँसो २ बजे सिंहदरबार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ । सीसीटीभीका अनुसार उनलाई स्थानीय समय अनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो ।
सर्‍यो एमालेको चियापान
सर्‍यो एमालेको चियापान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वनिर्धारित चियापान सारेको छ । यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्तिक १५ गते गर्ने एमालेले जानकारी दिएको छ।
राजसंस्थाप्रति जनताको आकर्षण बढ्दै गएको छ : अध्यक्ष लिङ्देन
राजसंस्थाप्रति जनताको आकर्षण बढ्दै गएको छ : अध्यक्ष लिङ्देन बिहीबार साँझ पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग लिङ्देनले अतिवादको विपक्षमा आफ्नो पार्टीलाई उभ्याएको र शान्तिपूर्ण रुपमा आफ्ना मूल एजेण्डालाई ढिला नगरी स्थापित गर्ने प्रतिक्रिया दिए ।
रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनको एकता र सहकार्य कसैले तोड्न सक्दैन, भ्रम नपाल्दा हुन्छ’
रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनको एकता र सहकार्य कसैले तोड्न सक्दैन, भ्रम नपाल्दा हुन्छ’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारको एकता र सहकार्यलाई कसैले तोड्न नसक्ने ठोकुवा गरेका छन् ।बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित ‘सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने दाबी दोहोर्याएका हुन् ।
हृदयाघात भएपछि चीनमा अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता 
हृदयाघात भएपछि चीनमा अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वदेश फर्किएका छन् । चीनमा हृदयाघात भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका हुन् । 
संस्था बचाउन विद्रोह : एनआरएनए 'विद्रोही' अध्यक्ष शर्मा 
संस्था बचाउन विद्रोह : एनआरएनए 'विद्रोही' अध्यक्ष शर्मा  ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले औपचारिक रूपमै समानान्तर कार्यसमिति घोषणा गर्दै संस्था बचाउन विद्रोह गरेको जिकिर गरेको हो । सोमबार पत्रकारसँग विद्रोही समुहका अध्यक्ष शर्माले भने, ‘विद्रोह संस्था बचाउनका लागि हो ।’ उनले हरेकले दश दश डलर उठाएर संस्थाको भवन बनाएको भन्दै यो कसैको व्यक्तिगत...
खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : कांग्रेस सांसद शाही
खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : कांग्रेस सांसद शाही २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका शाहीले सङ्घको कर्णाली काठमाडौं सम्पर्क समिति उपसभापति, २०४८ मा मुगुबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य हुँदै २०५९ मा नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएर काम गरे । पार्टी एकीकरणपछि २०६७ र २०७८ मा नेपाली कांग्रेस मुगुका सभापति बनेका शाहीले पाँच...
एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित
एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो । अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए । 
मध्यावधि निर्वाचन टार्न मात्रै कोशीमा एमालेसँग सहकार्य : शेखर कोइराला
मध्यावधि निर्वाचन टार्न मात्रै कोशीमा एमालेसँग सहकार्य : शेखर कोइराला नेपाली कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले कोशी प्रदेश सभाको जटिल अङ्क गणितले मध्यावधि निर्वाचन टार्न मात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको र यसको असर गठबन्धन, संघीय सरकार लगायत अन्य प्रदेशमा नपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रूपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । 
राष्ट्रसङ्घका महासचिव गुटेरेसले कार्तिक १४ गते संघीय संसद्लाई सम्बोधन गर्ने
राष्ट्रसङ्घका महासचिव गुटेरेसले कार्तिक १४ गते संघीय संसद्लाई सम्बोधन गर्ने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
Weather Update