News Griha :: न्यूजगृह
टुंगो लागेन कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार
टुंगो लागेन कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार छलफल भएको थियो । छलफल विना निष्कर्ष सकियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको थियो ।
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता द्विपक्षीय वार्तामा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो । साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्प्सन सहभागी थिए। 
संसद्को संयुक्त बैठक मंगलबार चार बजे, महासचिव गुटरेसले सम्बोधन गर्ने
संसद्को संयुक्त बैठक मंगलबार चार बजे, महासचिव गुटरेसले सम्बोधन गर्ने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।  
जसपाले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा सांसद बनाउने
जसपाले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा सांसद बनाउने सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
सङ्घविरुद्ध बागमती प्रदेश सरकार सर्वोच्चमा  
सङ्घविरुद्ध बागमती प्रदेश सरकार सर्वोच्चमा   बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजालसमा रिट दायर गरेको हो । प्रदेश सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले रिट दायर गरेको हो ।
एमालेले सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने
एमालेले सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।
कोशीमा प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल
कोशीमा प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सर्वदलीय संयुक्त सरकारका लागि अपिल गरेका छन् । नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले प्रदेशमा सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अपिल गरेका हुन् ।
राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए ।
एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता महासचिव गुटेरेसले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीसँग आइतबार अपराह्न नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्।उनीहरुबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको छ।
महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार उनीहरूबीच शिष्टाचार भेट भएको हो । सो अवसरमा उनीहरूबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।
गुटेरेसको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत हुनेछ : प्रधानमन्त्री
गुटेरेसको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत हुनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
संक्रमणकालीन न्याय टुंग्याउन गुटेरेसले दिए तीन सुझाव
संक्रमणकालीन न्याय टुंग्याउन गुटेरेसले दिए तीन सुझाव प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए ।
Weather Update