प्रधानमन्त्री प्रचण्ड भूकम्पप्रभावित क्षेत्र जाँदैशनिबार, कात्तिक १८, २०८०

भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन शनिबार, कात्तिक १८, २०८० जाजरकोटमा शुक्रबार राती गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

एमालेकै एजेण्डा अनुसार कोशीमा सहमतीय सरकार बनाउन प्रयास गरेको हुँ : मुख्यमन्त्री कार्की शुक्रबार, कात्तिक १७, २०८० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताएका छन् । उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्की कै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए ।

कोशीमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री? शुक्रबार, कात्तिक १७, २०८० नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस विद्रोही पक्षबाट शमशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

कोशी सरकारबाट एमाले बाहिरिने शुक्रबार, कात्तिक १७, २०८० एमाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूलाई मन्त्री नियुक्त गरेपछि प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट स्वत: अन्त्य बिहीबार, कात्तिक १६, २०८० गत वैशाख २४ गतेबाट शुरु भएको अधिवेशन बजेटसँग सम्बन्धित लगायतका अन्य केही विधेयकहरूलाई पारित गरेर गत असोज मसान्तमै वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो ।

नेपालीलाई विदेशमा बिक्री गर्ने काम बन्द गर्नुपर्छ : सांसद भण्डारी बिहीबार, कात्तिक १६, २०८० बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले नेपालीहरू बाहिर जाने काम बन्द गर्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि राष्ट्रिय एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताए ।

शान्ति प्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन बिहीबार, कात्तिक १६, २०८० नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्ति प्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन् ।

'६ महिनामा ६ करोड खर्चेर संसद्ले एउटा मात्रै कानुन बनायो' बिहीबार, कात्तिक १६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटा मात्रै कानुन बनाएको बताएका छन् ।

संविधान असफल बनाउने छुट कसैलाई छैन : प्रमुख सचेतक लेखक बिहीबार, कात्तिक १६, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान असफल भए मुलुक अत्यन्त अनिष्टकारी र विषम परिस्थितिमा पुग्ने भन्दै संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका हुन् ।

युद्ध दिवस मनाउनु उचित होइन : एमाले बिहीबार, कात्तिक १६, २०८० बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए । ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ रु...

महङ्गी नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यता : सांसद गौतम बिहीबार, कात्तिक १६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बढ्दो महङ्गीको सवालमा सरकारले आफैं गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु सरकारकै अकर्मण्यता भएको टिप्पणी गरेकी छन् ।

सदनमा कांग्रेस सांसद गौतमको सरकारप्रति व्यङ्ग्य : नबोलेरै बिताए शून्य समय बिहीबार, कात्तिक १६, २०८० पाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, संसद्मा उठेका कुराप्रति सरकार गैर जिम्मेवार बनेको विषयमा व्यङ्ग्य गर्दै शून्य समयमा नबोलेरै आफ्नो समय कटाएका छन् ।