News Griha :: न्यूजगृह
भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं— जाजरकोटमा शुक्रबार राती गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

उनले घाइतेहरूको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरूलाई सक्रिय काम गर्न भनेका छन् । रातीको घटना भएकाले धेरै क्षति भएको हुनसक्ने आकलन छ ।

घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ

प्रधानमन्त्री दाहालले उक्त घटनाप्रति दु व्यक्त गरेका छन् । 'जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गहिरो दुख व्यक्त गर्दै घाइतेहरूको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गर्नुभएको छ,' प्रधानमन्त्रीको समाजिक सञ्जाल एक्सको पोस्टमा उल्लेख छ । 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०५:१३
Weather Update