News Griha :: न्यूजगृह
भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी
भूकम्पले क्षति पुर्‍याएको घर ।

काठमाडौं—  सरकारले जाजरकोट र रुकुमका भूकम्पप्रभावितको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।
‘भूकम्पका घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’

जाजरकोटलाई केन्द्र बनाएर मध्यरात गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी ५० जनाको मृत्यु भएको छ

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०५:०२
Weather Update