News Griha :: न्यूजगृह
सदनमा कांग्रेस सांसद गौतमको सरकारप्रति व्यङ्ग्य : नबोलेरै बिताए शून्य समय

काठमाडौं— नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, संसद्मा उठेका कुराप्रति सरकार गैर जिम्मेवार बनेको विषयमा व्यङ्ग्य गर्दै शून्य समयमा नबोलेरै आफ्नो समय कटाएका छन् ।

बिहिबारको प्रतिनिधि सभा बैठकमा, विगतमा संसद्मा उठेका विषयहरूको सम्बोधन नभएको भन्दै नबोलेरै शून्य समय व्यतीत गरेका हुन् ।

सांसद गौतम नबोलेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने । तर, फेरि पनि सांसद गौतम बोलेनन् । शून्य समयमा एक मिनेट समय निर्धारण गर्ने अभ्यास छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:४६
Weather Update