News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड भूकम्पप्रभावित क्षेत्र जाँदै

काठमाडौं— जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यस क्षेत्रमा जाने भएका छन् ।

प्रधानमन्त्री त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली लिएर त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीका हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मौसमका कारण केही ढिलाइ भएको उनले बताए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो त्यसपछि पनि पटकपटक शक्तिशाली परकम्प गएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:२०
Weather Update