उपेन्द्र यादवको दाबी— सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छसोमबार, कात्तिक २०, २०८०

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय सोमबार, कात्तिक २०, २०८० नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

माओवादीको सडक सङ्घर्षको कार्यक्रम स्थगित सोमबार, कात्तिक २०, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक सङ्घर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक सङ्घर्षको कार्यक्रम स्थगित गरिएको बताए ।

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने आइतबार, कात्तिक १९, २०८० कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

भूकम्प पीडितको राहत वितरण पारदर्शी बनाउन कांग्रेसको आग्रह आइतबार, कात्तिक १९, २०८० नेपाली कांग्रेसले भूकम्प पीडितको राहत वितरणलाई पारदर्शी बनाउन आग्रह गरेको छ । आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले, राहत वितरणमा अनियमितता, पक्षपात रोक्न समिति बनाउने निर्णयसमेत गरेको छ ।

उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको जम्बो टोली भूकम्प प्रभावित क्षेत्रमा आइतबार, कात्तिक १९, २०८० भूकम्प पीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली त्यसतर्फ गएको हो । नेपाली सेनाको स्काई ट्रक जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एक सय ब्ल्याङ्केट समेत वितरण गर्नेछ ।

भूकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय आइतबार, कात्तिक १९, २०८० सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु आइतबार, कात्तिक १९, २०८० शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।
1694786010.jpg)
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, कात्तिक १९, २०८० मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक आइतबार बिहान ८ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

कांग्रेसको तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित शनिबार, कात्तिक १८, २०८० भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा सर्वसाधारण घाइते भएकाले तिहारसम्मको कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजीनामा शनिबार, कात्तिक १८, २०८० मुख्यमन्त्री केदार कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो । शनिबार बिहान एमालेबाट मन्त्री बनेका दलका उपनेता राम रानाले राजीनामा दिएका हुन् ।

प्रभावकारी उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल शनिबार, कात्तिक १८, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले मर्माहत भएको बताएका छन् । राष्ट्रपति पौडेलले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

भूकम्प प्रभावितको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण शनिबार, कात्तिक १८, २०८० उनले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत जाजरकोट आसपासमा भूकम्पका कारण प्रभावित भएका नागरिकको उचित व्यवस्थापन गर्न र घाइतेहरूको उपचार प्रभावकारी रूपमा गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।