भूकम्प
प्रभावकारी उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले मर्माहत भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो मानवीय र भौतिक क्षति पुगेको छ । अहिलेसम्म जाजरकोटमा मात्रै ९२ तथा रुकुममा ३७ जनाको मृत्यु गइसकेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०८:११