संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय बिहीबार, कात्तिक १६, २०८०

संसद् बैठक बस्दै, अधिवेशन अन्त्यको तयारी, शीर्ष नेताले सम्बोधन गर्ने बिहीबार, कात्तिक १६, २०८० बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।

आगामी फागुनमा राष्ट्रिय सभाका १९ पद रिक्त हुँदै, माघमा निर्वाचन गर्ने तयारी बुधबार, कात्तिक १५, २०८० प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ ।

चारदिने भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस बुधबार, कात्तिक १५, २०८० उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेस आज न्यूयोर्क फर्किँदै बुधबार, कात्तिक १५, २०८० नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुधबार न्यूयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए ।

एमालेको चियापान आज बुधबार, कात्तिक १५, २०८० दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्न लागेका हुन् । हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

कोशी प्रदेश सरकारमा जसपा सहभागी नहुने, समर्थन यथावत् मंगलबार, कात्तिक १४, २०८० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने भनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ । सुनसरीको इटहरीमा मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो । जसपा प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाका अनुसार बैठकले पार्टी तत्काल कोशी प्रदेश सरकारमा...

शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्य : प्रधानमन्त्री प्रचण्ड मंगलबार, कात्तिक १४, २०८० मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाको बारेमा राम्रो धारणा राखेता पनि नेपालकै नेताहरूले शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।

पीडित केन्द्रमा राखेर शान्ति प्रक्रिया छिटो टुङ्ग्याउनु पर्छ : ओली मंगलबार, कात्तिक १४, २०८० मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर सङ्क्रमणकालीन न्याय पीडितहरूलाई उपलब्ध गराएर, छिटो समाधान गर्नुपर्ने बताए ।

शान्ति प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ : अध्यक्ष नेपाल मंगलबार, कात्तिक १४, २०८० मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, नेपालले शान्ति प्रक्रियालाई टुंग्याउन ढिलाई भएको भन्दै प्रक्रिया टुंग्याउने काममा त्रुटि भएको बताएका हुन् ।
राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादाक्रम समेटिएको विधेयक [हेर्नुहोस् मर्यादाक्रमको सूची] मंगलबार, कात्तिक १४, २०८० राष्ट्रिय सभाले मर्यादाक्रम निर्धारण गर्ने विधेयक सर्वसम्मतले पारित गरेको छ । गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय सभाका सांसदहरूले दर्ता गरेको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यदाक्रममा सामान्य संशोधन गरेको थियो ।
![रोष्टममा उभिए गुटेरेस भने- सङ्क्रमणकालीन न्यायको विषय जटिल छ, तपाईंहरू एक्लै हुनुहुन्न [पूर्णपाठसहित]](https://newsgriha.com/uploads/posts/520X390/antonio-guterres--parliament-4-1698754943.jpg)
रोष्टममा उभिए गुटेरेस भने- सङ्क्रमणकालीन न्यायको विषय जटिल छ, तपाईंहरू एक्लै हुनुहुन्न [पूर्णपाठसहित] मंगलबार, कात्तिक १४, २०८० संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल रहेको भन्दै त्यसको टुंगो लगाउन नेपाल एक्लो नभएको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ’ : महासचिव गुटेरेस मंगलबार, कात्तिक १४, २०८० तर अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे । शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाई छ ।