News Griha :: न्यूजगृह
एमालेको चियापान आज

काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गरेका छन् ।

दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्न लागेका हुन् । हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको कार्यालय सचिव डा.  भीष्म अधिकारीले जानकारी दिए । 

गुटरेसले संसद्मा सम्बोधन गर्ने तालिका भएर चियापान आजका लागि सारिएको अधिकारीको भनाइ छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई पनि एमालेले निम्ता गरेको छ ।

यसअघि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापानको आयोजना गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०६:४४
Weather Update