प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ताआइतबार, कात्तिक १२, २०८०

गुटेरेसले मङ्गलबार अपरान्ह ४ बजे संघीय संसद्लाई सम्बोधन गर्ने, सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने आइतबार, कात्तिक १२, २०८० सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।

राष्ट्रसङ्घ महासचिव गुटेरेसले सुरु गरे उच्चस्तरीय भेटवार्ता आइतबार, कात्तिक १२, २०८० उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन् । उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची छ ।

असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद हुन्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आइतबार, कात्तिक १२, २०८० नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टिमा आगो लगाएर रोटी सेक्न चाहनेको भविष्य दुःखद हुने टिप्पणी गरेका छन् ।

राष्ट्रसङ्घका महासचिवको भ्रमण, जलवायु परिवर्तनका मुद्दामा विश्वको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसर : एमाले प्रमुख सचेतक गिरि आइतबार, कात्तिक १२, २०८० नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण राष्ट्रिय मुद्दामा प्रभावकारी ध्यानाकर्षणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । उनले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सम्पूर्ण राजनीतिक दल जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने आवश्यकतासमेत औँल्याएका छन् ।

गुटेरेसले आज दिउँसो राष्ट्रपति पौडेललाई भेट्ने आइतबार, कात्तिक १२, २०८० आजै नेपाल आइपुगेका महासचिव गुटेरेसको भ्रमणको पहिलो दिन उच्चस्तरीय राजनैतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले आज दिउँसो चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पौडेलसँग शिष्टाचार भेट गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबार, कात्तिक १२, २०८० सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यूएन महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ चार दिने भ्रमण तालिका आइतबार, कात्तिक १२, २०८० महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य छन् ।

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : कांग्रेस सभापति देउवा शनिबार, कात्तिक ११, २०८० नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी शनिबार, कात्तिक ११, २०८० नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरू सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल लगायत सहभागी थिए ।

नेताले क्विन्टलका क्विन्टल सुन ल्याउन द्वन्द्वपीडितले आफन्त गुमाएका होइनन् : रवि लामिछाने शनिबार, कात्तिक ११, २०८० ललितपुरको मङ्गलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे ।

राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि हुन्छ : प्रधानमन्त्री शनिबार, कात्तिक ११, २०८० बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने बताए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस आइतबार नेपाल आउने शुक्रबार, कात्तिक १०, २०८० भ्रमणका क्रममा महासचिव गुटेरेसले सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधनसमेत गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय शहर पोखराको भ्रमण गर्नेछन् ।