गुटेरेसले मङ्गलबार अपरान्ह ४ बजे संघीय संसद्लाई सम्बोधन गर्ने, सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने

काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।
गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान १ बजे नेपाल आएका हुन् गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् ।
साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् । ‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु’, सभामुख घिमिरेले सांसदहरुलाई भने ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १४:३८