News Griha :: न्यूजगृह
कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

ललितपुर— नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरू सहभागी भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल लगायत सहभागी थिए ।

सो अवसरमा अध्यक्ष ओलीले, 'हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।' 

कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।  बीपी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ देखि चियापान सुरु गरेको हो । 

deuba-oli-1-1698490139.jpg

deuba-oli-2-1698490138.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १६:३४
Weather Update