News Griha :: न्यूजगृह
राष्ट्रसङ्घ महासचिव गुटेरेसले सुरु गरे उच्चस्तरीय भेटवार्ता

काठमाडौं— उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन् ।

उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची छ ।
 
सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको छ ।

त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्दै छन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आज बिहान १ बजे काठमाडौं आएका हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:५२
Weather Update