News Griha :: न्यूजगृह
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन  : कांग्रेस सभापति देउवा

काठमाडौं — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग भने, 'दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।'

राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । सभापति देउवाले भने, 'राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।'

कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले त्यो कुरा सत्य नभएको बताए । उनले भने, 'दलभित्रको फरक मत हुन सक्लान, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।'

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १७:०४
Weather Update