News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आज कै बैठकमा अर्थमन्त्री  प्रकाशशरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले बिमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०७:२९
Weather Update