News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टिमा आगो लगाएर रोटी सेक्न चाहनेको भविष्य दुःखद  हुने टिप्पणी गरेका छन् ।  

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले एमालेलाई पुरानो पार्टी भनिएको प्रति असन्तुष्टि जनाउँदै एमाले गौरवपूर्ण इतिहास, विचार र गति भएको पार्टी भएकाले असन्तुष्टिमा आगो सल्काएर स्वार्थको रोटी सेक्नेहरुको भविष्य राम्रो हुनै नसक्ने दाबी  गरे ।

पोखरेलले भने, ‘कसरी यो पुरानो पार्टी हुन्छ ? जो गतिमा जीवन छ । त्यो कसरी पुरानो हुन्छ ? जसको गौरवपूर्ण इतिहास पनि छैन् । जसको भविष्यको मार्गचित्र पनि छैन । जसको अहिले संगठनात्मक संरचना पनि छैन । असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेहरुको भविष्य कस्तो हुन्छ ?’

पोखरेलले दलीय प्रणालीमा नयाँ पार्टीहरू आउने कुरालाई स्वाभाविक प्रक्रिया भन्दै योग्यता र क्षमताको आधारमा प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न आवश्यक भएको बताए ।

अर्को प्रसङ्गमा उनले आफू जहाँ उभियो त्यही पार्टीको संस्थापन पक्ष भएको जिकिर गरे। नेकपा समाजवादी पार्टीका नेताहरू एमालेमा फर्किने सम्भावनालाई सकारात्मक रुपमा लिँदै उनले कु बाटोमा हिँडेका नेता कार्यकर्ताहरू हरेक पार्टीमा फर्किनु पर्ने बताए ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १२:११
Weather Update