News Griha :: न्यूजगृह
कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

विराटनगर— नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौँ, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय पर्यौँ,’ उनले भनेका छन् । 

समर्थन कहिलेसम्म ? भन्ने प्रश्नमा उनले सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय गर्ने बताए । सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसद्को प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:४६
Weather Update