News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
Prabhu Bank

काठमाडौं— सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै  घाइतेहरूको रेस्क्यु लगभग सकिएकाले अब पीडितहरूको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ । 

बैठकमा भूकम्प पीडितहरूलाई आर्थिक सहायता दिने भनिएपनि निर्णय भइनसकेको उनले जनाएका छन् । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:०४
Weather Update