गगन र विश्व भूकम्प प्रभावित क्षेत्रमा, ७ कार्य प्राथमिकतामाबुधबार, कात्तिक २२, २०८०

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव बुधबार, कात्तिक २२, २०८० यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको उल्लेख गरेका छन् । उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै बुधबार, कात्तिक २२, २०८० चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।

एमाले सचिवालय बैठक आज बुधबार, कात्तिक २२, २०८० आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

कसैसँग डराएका हैनौँ, गणतन्त्रको समीक्षा गरिएको हो : प्रधानमन्त्री मंगलबार, कात्तिक २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, संघीय लोकतान्त्रिक गणतन्त्रको समीक्षा गर्नु कसैसँग डराएको नहुने बताएका छन् । मंगलबार आफैले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसँग उनले, सामान्य समीक्षाको समय आयो भन्ने लागेर बैठक बोलाइएको र कसैसँग डराउने सवालै नरहेको बताए ।

सर्वदलीय बैठक : शान्ति र संविधानको पक्षमा एकमत मंगलबार, कात्तिक २१, २०८० प्रमुख राजनीतिक दलले, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपाधिविरुद्ध जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्ता माथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकालेको छ ।

कांग्रेसले महासमिति बैठक फेरि सार्यो, पुस १६ नयाँ मिति मंगलबार, कात्तिक २१, २०८० कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरि नयाँ मिति निर्धारण गरिएको बताए । ‘यो बीचमा भूकम्प, चाडपर्व लगायतले डिस्टर्ब हुने भयो त्यही भएर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने निर्णय गरेको हो’, विश्वकर्माले भने ।

सर्वदलीय बैठक सिंहदरबारमा सुरु मंगलबार, कात्तिक २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।
![राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/520X390/ramchandra-paudel-jajarkot-3-1699345698.jpg)
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा [तस्बिरहरू] मंगलबार, कात्तिक २१, २०८० राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन् ।

एमालेको सचिवालय बैठक बुधबार मंगलबार, कात्तिक २१, २०८० एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक मंगलबार, कात्तिक २१, २०८० मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाँदै मंगलबार, कात्तिक २१, २०८० उनी युरोप भ्रमण स्थगित गरेर भूकम्पप्रभावित जान लागेका हुन् । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो । मुलुकमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटाली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

राष्ट्रपतिको युरोप भ्रमण स्थगित सोमबार, कात्तिक २०, २०८० राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । बुधबार फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो ।