सर्वदलीय बैठक सिंहदरबारमा सुरु

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १५:१६