News Griha :: न्यूजगृह
राष्ट्रपतिको युरोप भ्रमण स्थगित

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण स्थगित भएको छ ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । बुधबार फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । 

चालिसेले भने, 'गत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले गर्दा देश नै शोकमा छ । संकट परेको छ । परिस्थिति पनि असहज छ । त्यसैले राष्ट्रपतिले यो अवस्थामा भ्रमण नगर्ने निर्णय गर्नुभएको हो ।'

जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने ३ सय ३८ जना घाइते भएका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:५५
Weather Update