
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, संघीय लोकतान्त्रिक गणतन्त्रको समीक्षा गर्नु कसैसँग डराएको नहुने बताएका छन् । मंगलबार आफैले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसँग उनले, सामान्य समीक्षाको समय आयो भन्ने लागेर बैठक बोलाइएको र कसैसँग डराउने सवालै नरहेको बताए ।
‘हिजो नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको सामान्य समीक्षात्मक बैठक थियो,’ बैठक आयोजना गर्नुको उद्देश्यबारे उनले भने, ‘यो बैठकमा एउटा राम्रो कुरा के भयो भने संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो र यो बैठकको आयोजना पहिलो पटक भयो यस्ता निरन्तर बैठक राख्नु पर्छ भन्ने कुरामा पनि सबै नेताहरू समझदारी भयो ।’
दलहरूमा सन्त्रास बढेको हो भन्ने प्रश्नमा उनले भने, ‘सन्त्रासको कुरा होइन्, अब यो समय आएको छ, हामी एकपटक सामान्य समीक्षा गरौँ भनेर गरिएको हो । यो प्रक्रिया अगाडि पनि बढ्छ । कसैसँग डराएको छैन् ।’
यो पनि पढ्नुहोस