News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  । 

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:४६
Weather Update