कांग्रेसले महासमिति बैठक फेरि सार्यो, पुस १६ नयाँ मिति

काठमाडौं— नेपाली कांग्रेसले महासमिति बैठकको मिति फेरि सारेको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरि नयाँ मिति निर्धारण गरिएको बताए । ‘यो बीचमा भूकम्प, चाडपर्व लगायतले डिस्टर्ब हुने भयो त्यही भएर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने निर्णय गरेको हो’, विश्वकर्माले भने ।
कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्याइएकोमा फेरि सारेर पुस १६ मा पुर्याएको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १६:१८