News Griha :: न्यूजगृह
एमाले सचिवालय बैठक आज

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजे बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभञ्ज्याङसम्म यात्राको तयारी गरिरहेको छ ।   

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०७:४२
Weather Update