News Griha :: न्यूजगृह
आजदेखि रास्वपाको घरदैलो कार्यक्रम
आजदेखि रास्वपाको घरदैलो कार्यक्रम निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए ।
एमालेको विशेष बैठक आज
एमालेको विशेष बैठक आज बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसङ्गठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको एमाले प्रचार विभागले जनाएको छ । 
माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा 
माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा  नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले, आफ्नो पार्टी विरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाएका छन् ।पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको आरोप लगाए । 
नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा : महासचिव वैद्य
नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा : महासचिव वैद्य नेपाल संवत् ११४४ को अवसरमा आयोजित एक कार्यक्रममा वैद्यले, अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्यव्यवस्था निर्माणका लागि संयुक्त मोर्चा आवश्यक रहेको बताए । 
प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने
प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण : भविष्यका लागि सहकार्य’ रहेको छ ।  
कांग्रेस सहकारी विभागको प्रमुखमा कँडेल
कांग्रेस सहकारी विभागको प्रमुखमा कँडेल सभापति देउवाले पार्टी विधानको धारा ३७ को उपधारा १ अनुसार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन् । 
अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री प्रचण्ड
अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री प्रचण्ड परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे ।
सिंहदरबार भित्रको शौचालय म आफैँ सफा गर्छु : उपसभामुख राना
सिंहदरबार भित्रको शौचालय म आफैँ सफा गर्छु : उपसभामुख राना आफ्नो घरमा स्वच्छता कायम राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, ‘सिंहदरबार भित्रको मेरो अफिसको शौचालय सफाई गर्न म सफाई गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैं सफा गर्छु । त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैँ गएर त्यसलाई घोट्छु । सफाई भन्ने कुराको सुरुवात आफूबाट हुनुपर्छ । जनचेतना फैलाएर...
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।
राष्ट्रपतिले दुईजना बहिनीसँग भाइटीका लगाउदै 
राष्ट्रपतिले दुईजना बहिनीसँग भाइटीका लगाउदै  राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् ।
पत्नी वियोगमा परेका प्रधानमन्त्रीले भाइटीका नलगाउने
पत्नी वियोगमा परेका प्रधानमन्त्रीले भाइटीका नलगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन । त्यस्तै भाइटीकाको कुनै औपचारिक कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास
तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास सभामुखले बुधबार एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गरेका हुन् ।
Weather Update