News Griha :: न्यूजगृह

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा निर्माणको आवश्यकता औँल्याएका छन् । 

नेपाल संवत् ११४४ को अवसरमा आयोजित एक कार्यक्रममा वैद्यले, अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्यव्यवस्था निर्माणका लागि संयुक्त मोर्चा आवश्यक रहेको बताए । 

‘पहिचानसहितको संघीयता भन्ने माओवादीको एउटा पक्ष सरकारमा नै छ । पुरानो राज्यसत्तालाई भत्काएर नयाँ राज्यसत्ताको निर्माणका लागि हामी जनतालाई साथ लिएर सशक्त रूपमा अगाडि बढ्न जरुरी छ,’ उनले भने, ‘जनताको बीचमा भिजेर पुरानो राज्यसत्ता, दलालपुँजीपति वर्ग र बचेका सामन्त वर्गलाई ध्वस्त पारेर, यो संविधानलाई ध्वस्त पार्ने, यो संसदीय व्यवस्थालाई पनि अन्त्य गर्ने गरेर एउटा नयाँ संविधान लेख्ने हिसाबको सम्पूर्ण देशभक्त क्रान्तिकारीहरू र वामपन्थिहरू सबै जनालाई एकतावद्ध बनाएर एउटा गतिलो संयुक्त मोर्चा बनाउँन र राम्रो जलाधार तयार पार्न जरुरी छ । र, यो सत्तालाई व्यवस्थाको विकल्प नयाँ संविधानको निर्माण हो । त्यो दिशामा हामी जानुपर्छ । हाम्रो पार्टीले त्यही निर्णय गरेको छ ।’

त्यस्तै उनले संघीयता कार्यान्वयनका लागि समेत संर्घषको विकल्प नभएको बताए । स्थानीय सरकार, प्रदेश सरकार र संघको अधिकार क्षेत्र के हो ? यसमा विवाद छ । 

मुख्यमन्त्रीहरुको एउटा सम्मेलन भएको थियो, उनीहरूले कानून बनाउँनुपर्यो भनेर संघीय सरकारसँग अनुरोध गरे, त्यो कानून अझै बनेको छैन् । अहिले पनि अधिकार क्षेत्र कहाँ कसको भन्ने छैन् । मधेस प्रदेशले एक महिनाको अल्टिमेटम दिएको छ । 

उनले भने, ‘अब संघीयता मान्ने, अधिकार क्षेत्र कहाँ हो के हो भन्ने कुराको पनि मतलव छैन् । यो नेपाल संवतका सन्दर्भमा पनि राष्ट्रिय मान्यता दिन भनेर मात्रै हुँदैन । कार्यान्वयनमा लानुपर्छ । त्यो कार्यान्वयन गर्नको लागि संघर्ष बाहेकको अरू उपाय छैन ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:४१
Weather Update