News Griha :: न्यूजगृह
माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा 

काठमाडौं— नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले, आफ्नो पार्टी विरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाएका छन् ।

पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको आरोप लगाए । 

‘माओवादी आन्दोलनलाई हिंसा भन्ने यो  शान्ति प्रक्रिया रोकेको चै प्रधानमन्त्रीले हो भन्ने जस्ता कुरा गरेर भन्ने मान्छेले त सोचेको होला मैले खुब भने भनेर त्यो त खसेको हो । तल गिरेको हो । यसैगरी हो थाहै नपाईकन हामी बिग्रिन्छौं । चिप्लिन्छौँ । त्यसकारण हामी फेरी बर्बाद भएपछि त भई हाल्यो । सबैभन्दा ठुलो कुरो चै के हो भने नैतिक बल आचरण,’ उनले भने, 'अहिले हाम्रा विरुद्ध चै सारा चै घेराबन्दी भइरहेको छ नी यो चिर्नका लागि हामीले मेहनेत र परिश्रम गर्नु पर्छ र हामी नैतिकतामा चै अडिग हुनुपर्छ । नैतिकतामा भन्दा ठुलो तागत र ज्ञान चै मैले चै अर्को देखेको छैन् ।’

त्यस्तै उनले समाजवादको यात्रा कठिन नभएको जिकिर गरे । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १९:३२
Weather Update