News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने भएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सो सम्मेलनलाई उनले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण : भविष्यका लागि सहकार्य’ रहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:१७
Weather Update