राष्ट्रपतिले दुईजना बहिनीसँग भाइटीका लगाउदै

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा दुईजना बहिनीहरूका हातबाट टीका लाउने उनको सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० ०७:२८