News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा [तस्बिरहरू]

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन् ।

भूकम्पमा परेर घाइते भएकाहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माण सहितको व्यवस्था गरिदिन आग्रह गरेका छन् । 

जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोवास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए ।

‘तपाईँहरूका लागि अल्पकालीन र दीर्घकालिक आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु,’ राष्ट्रपति पौडेलका भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

साथै जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेत हुँदै जाजरकोट पुगेका हुन् ।

राष्ट्रपति पौडेलले खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको युरोप भ्रमण स्थगित गरेका थिए ।

तस्बिरहरू रासस

ramchandra-paudel-jajarkot-2-1699345698.jpg

ramchandra-paudel-jajarkot-1-1699345698.jpg

ramchandra-paudel-jajarkot-4-1699345698.jpg

ramchandra-paudel-jajarkot-1699345699.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:१४
Weather Update