News Griha :: न्यूजगृह
एमालेको सचिवालय बैठक बुधबार

काठमाडौं— नेकपा एमालेले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:०२
Weather Update