News Griha :: न्यूजगृह
युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाँदै

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुम पश्चिम जाँदै छन् । भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन् । 

राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 

उनी युरोप भ्रमण स्थगित गरेर भूकम्पप्रभावित जान लागेका हुन् । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो । मुलुकमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटाली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

जाजरकोटको रामीडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो।  भूकम्पमा परी १५३ जनाको मृत्यु भएको ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०६:४०
Weather Update