1694786010.jpg)
काठमाडौं— मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक आइतबार बिहान ८ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्नेछ ।
शनिबार प्रधानमन्त्री प्रचण्ड आफैँ जाजरकोट र रूकुम पश्चिम पुगेर भूकम्पले पुर्याएको क्षति निरीक्षण गरी फर्किएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आजै बिहान ९ बजे बस्नेगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएको पनि प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।
जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पले दुई जिल्लाका भौतिक संरचनाहरू नष्ट पारेको छ।
भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने हजारौं घरविहीन भएका छन् । भूकम्पपीडितलाई राहत र पुनस्थापनाका लागि निर्णय गर्न बैठक बस्न लागेको हो ।