संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट स्वत: अन्त्य

काठमाडौं— संघीय संसद्को वर्षे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुबै सदनको चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशनको अन्त्य हुने जानकारी दिएका हुन् ।
गत वैशाख २४ गतेबाट शुरु भएको अधिवेशन बजेटसँग सम्बन्धित लगायतका अन्य केही विधेयकहरूलाई पारित गरेर गत असोज मसान्तमै वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १८:०४