जसपाले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा सांसद बनाउने

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश सभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
समानुपातिक सांसद बिन्दुकुमारी यादवको गत भदौमा मृत्यु भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १९:४१