News Griha :: न्यूजगृह
मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन  

काठमाडौं—  मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।

मंगलबार बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए ।

उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ ।

सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।

यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद भएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:२८
Weather Update