News Griha :: न्यूजगृह
मध्यावधि निर्वाचन टार्न मात्रै कोशीमा एमालेसँग सहकार्य : शेखर कोइराला

मोरङ— नेपाली कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् ।

विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले कोशी प्रदेश सभाको जटिल अङ्क गणितले मध्यावधि निर्वाचन टार्न मात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको र यसको असर गठबन्धन, संघीय सरकार लगायत अन्य प्रदेशमा नपर्ने बताएका हुन् ।

'कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका नेताले हामीसँग गरेको कुराकानीका आधारमा प्रदेशसभा जोगाउन मुख्यमन्त्री केदार कार्कीले विद्रोह गरेको उनले बताए । राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएकोबाट पनि उहाँहरूको मनसाय उजागर भएको छ,' कोइरालाले भने, 'गठबन्धनको निर्णयका आधारमा राप्रपाको भर परेर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा गएको भए प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्थ्यो ।'

उनले कोशी सरकार अहिले सरकार गठन भएको अवस्थालाई नै समेटेर विस्तार हुने बताएका छन् । प्रदेश सरकार विस्तार दसैँपछि मात्रै हुने पनि कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:३४
Weather Update