News Griha :: न्यूजगृह
एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ ।

बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो । अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए । 

विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको पाइएकोले गैरकानुनी निर्वाचन प्रक्रियालाई रद्द गरेर पुनः निर्वाचन गर्न माग गरिएको थियो । 

यसको बोधार्थ संघको सचिवालय र परराष्ट्र मन्त्रालयसमेतलाई दिइएको छ । एनआरएनएको गएराति सार्वजनिक नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिए पनि दुई उम्मेदवारले धाँधलीको आरोप लगाउँदै मत परिणाम अस्वीकार गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:५६
Weather Update