News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई भेट्नका लागि एमाले अध्यक्ष ओली शुक्रबार दिउँसो २ बजे सिंहदरबार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १५:१५
Weather Update