कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मतबुधबार, कात्तिक १, २०८०

कोशीमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय बुधबार, कात्तिक १, २०८० नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

पार्टी खोलेर चुनाव लड्न पूर्व राजालाई माधव नेपालको चुनौति बुधबार, कात्तिक १, २०८० भक्तपुरमा बुधबार आयोजित दसैँ शुभकामना कार्यक्रममा नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व राजालाई चुनौती दिए ।

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने बुधबार, कात्तिक १, २०८० अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ । उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए ।

कोशीमा एमालेको ५ वटा मन्त्रालयमा दाबी मंगलबार, असोज ३०, २०८० कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको शेखर कोइराला समूहका ‘विद्रोही’ केदार कार्कीलाई समर्थन गरेको नेकपा एमालेले सरकारमा ५ वटा मन्त्रालय दाबी गरेको छ । ९ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले ५ वटा मन्त्रालय मागेको हो । मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै एकजना कांग्रेसबाट र अर्का एकजना एमालेबाट मन्त्री नियुक्त गरिसकेका...

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री श्रेष्ठको जोड मंगलबार, असोज ३०, २०८० चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच मंगलबार द्विपक्षीय भेटवार्ता भएको छ ।

व्यवस्थाभित्रको अवस्था परिवर्तन गर्न निलो शान्त क्रान्ति सुरुआत गरेका छौं : रवि लामिछाने मंगलबार, असोज ३०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले शान्त मतपत्रको माध्यमबाट व्यवस्थाभित्रको अवस्था परिवर्तनको लागि आफूहरुले निलो क्रान्ति सुरुआत गरेको बताएका छन् ।

भोटको विषयमा रवि र ओलीबीच सवाल–जवाफ मंगलबार, असोज ३०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोटको विषयमा सवाल—जवाफ भएको छ ।रास्वपालाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सोमबार एक कार्यक्रममा नीति, सिद्धान्त नभएका दललाई मत दिने जनता कस्ता भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफ सभापति लामिछानेले फर्काएका छन् ।

केन्द्रको निर्णयले कोशीमा अस्थिरता, कहिले के भयो ? मंगलबार, असोज ३०, २०८० कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सरकारले पाँचौ मुख्यमन्त्री पाएको छ । ९ महिनाको अवधिमा मुख्यमन्त्री फेरिएका फेरियै छन् । पछिल्लो पटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।९३ सदस्यीय कोशी प्रदेशमा कुनै पनि दलको बहुमत हुन नसक्दा राजनीतिक अस्थिरता देखिएको हो । सरकार बनाउन ४७...

रक्षामन्त्री खड्का भन्छन्— एमालेका कारण संविधान संशोधन असफल भयो मंगलबार, असोज ३०, २०८० उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन् ।

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि : प्रधानमन्त्री दाहाल मंगलबार, असोज ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै ठूलो संघर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु मंगलबार, असोज ३०, २०८० सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे ।

गृहमन्त्री श्रेष्ठ बेइजिङमा मंगलबार, असोज ३०, २०८० उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएराति चीनको राजधानी बेइजिङ पुगेका छन् । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे ।