रक्षामन्त्री खड्का भन्छन्— एमालेका कारण संविधान संशोधन असफल भयो

काठमाडौं— उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रक्रिया थाती नै रहेको बताए ।
उनले भने,‘संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौं । त्यो प्रस्ताव अरु कसैको कारणले होइन एमालेको कारणले असफल भयो ।’
रक्षामन्त्री खड्काले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरुको अगाडि कार्यान्वयनको चुनौतीका रुपमा रहेको औंल्याए ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० ११:१२