News Griha :: न्यूजगृह
व्यवस्थाभित्रको अवस्था परिवर्तन गर्न निलो शान्त क्रान्ति सुरुआत गरेका छौं : रवि लामिछाने 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले शान्त मतपत्रको माध्यमबाट व्यवस्थाभित्रको अवस्था परिवर्तनको लागि आफूहरुले निलो क्रान्ति सुरुआत गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सम्पन्न दुई दिने पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीसँग कोही ‘नडराउन र नआत्तिन’ भन्दै परिवर्तनका लागि शान्त क्रान्तिको सुरुआत गरेको बताए ।

उनले भने,‘क्रान्ति हामीले गरेजसरी गर्न सकिने रहेछ नि, शान्त क्रान्ति, मतपत्रबाट गरिने क्रान्ति, विषय विज्ञलाई राजनीतिमा ल्याएर गरिने क्रान्ति, विभिन्न क्षेत्रमा देखिएको विषम परिस्थतिको समाधनका लागि त्यसै क्षेत्रका विषयविज्ञलाई सहभागी गराएर, नागरिकलाई दुःख नदिइकन, रेलिङ नभाँचिकन, बाटोहरु बन्द नगरिकन, शान्त मतपत्रबाट पाँच पाँच वर्षमा हुने परिवर्तनमा आफ्ना एजेन्डा, भिजन, नारा, कार्ययोजनासहित नागरिकमा गएर भोट माग्ने र त्यही भोटको माध्यमबाट परिवर्तन गर्ने निलो क्रान्तिलाई सुरुआत त गरेका छौं। नाम सुन्दा आत्तिन पर्दैन, तर्सनु पर्दैन ।’

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:५३
Weather Update