News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेश सभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९१ जना सहभागी थिए ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेस प्रदेश सभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की गत शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:३७
Weather Update